
फाइल फाेटाे
१०जेठ,काठमाडौं । नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
आज बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय हो।
सुदूरपश्चिममा एमालेको समर्थनमा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री बनेका थिए।
सुदूरपश्चिम प्रदेशसभामा ५३ सांसद छन्। जसमध्ये एमालेका मात्र २५ सांसद छन्।
यस्तै माओवादी केन्द्रका १४ र नेपाली कांग्रेसका १२ सांसद छन्। जनता समाजवादी पार्टीका २ जना सांसद छन्।
प्रकाशित मिति : २०७८ जेष्ठ १० गते सोमवार