१० जेठ, रोल्पा । रोल्पामा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने तीन जना घाइते भएका छन् ।

सदमुकाम लिबाङबाट माडिचौर तर्फ  जादै गरेको रा. १ ह ४३४७ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा चालक रोल्पा नगरपालिका २ थलिबाङका २९ वर्षिय महेश कवरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा रोल्पा नगरपालिका ७ माडिचौरका ५३ वर्षीय दलबहादुर पुन, ५२ वर्षीय जानसिंह पुन र ४७ वर्षीय सहविर खत्री घाइटे भएका छन् ।

अटो सडकबाट करिब ५० मिटर तल खसेको छ । दुर्घटनामा घाइते जानसिंह पुन अवस्था गम्भिर रहेको छ । भने अन्य दुई जनाको अवस्था समान्य रहेको प्रहरीले बताएको छ ।

घाइते भएका तीन जनाको रोल्पा अस्पताला रेउघामा उपचारका भई रहेको छ ।