१४ वर्षीया बालिका बलात्कृत

१० जेठ, काठमाडौँ । काठमाडौंको कीर्तिपुर नगरपालिकामा एक जना १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

उनलाई बलात्कार गरेको अभियोगमा कीर्तिपुर नगरपालिका–५ पाँगा बस्ने २१ वर्षीय बिक्की महर्जनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई विवाह गर्छु भनी ललाइ फकाई आइतबार राति आफ्नै कोठामा ल्याई महर्जनले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

उक्त घटना भएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।घटनका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस