
१३जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको छ।
मङ्गलबार प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सात सय रुपैयाँ बढेर तोलाको ९४ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य भने स्थिर रहेको छ।
आज चाँदी तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति : २०७८ जेष्ठ १३ गते बिहिवार