
१३ जेठ, रोल्पा। रोल्पामा पछिल्लो २४ घण्टामा ४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै रोल्पामा कोरोना संक्रमितको संख्या ८ सय ७० पुगेको छ ।
संक्रमितहरु रोल्पा अस्पतालको आइसोलेशनमा ४७ जना, जिल्ला भित्रका विभिन्न आइसोलशनमा ११९ जना रहेका छन् । भने ५ सय ७१ जना कोरोना संक्रमितहरु होम आइसोलशनमा रहेको जिल्ला प्रशासनक कार्यालय रोल्पाले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १२३ जनाले कोरोना भाइरस जितेका छन् । योसँगै हालसम्म रोल्पामा ३३८ जनाले कोरोना जितेका छन् ।
रोल्पा हासम्म ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रकाशित मिति : २०७८ जेष्ठ १३ गते बिहिवार