१३ जेठ, रोल्पा । नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङले सुनछहरी गाउँपालिका भित्रका कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्थाको जानकारी लिएको छ ।
होम आइसोलेशनमा रहेको कोरोना संक्रमितको टेलिफोन मार्फत सम्पर्क गरी स्वास्थ्य अवस्थाको जानकारी लिएको हो ।
अहिलेसम्म सुनछहरी गाउँपालिकामा ५३ जनालाई कोरोना संक्रमित रहेका छन् । रेडक्रस पोबाङले ३५ जना कोरोना संक्रमितहरुसँग स्वास्थ्य अवस्थाको जानकारी लिई आवश्यक सल्लाह सुझाव दिएको छ ।
संक्रमितहरुलाई कुनै किसिमको स्वास्थ्य समस्या भए नजिककाे स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न रेडक्रस पोबाङले अनुरोध गरेको छ । अन्य संक्रमितहरुलाई पनि सम्पर्क गरी स्वास्थ्य अवस्था बुझ्नुको साथै परामर्श दिने कार्यक्रम रहेको रेडक्रस उपशाखा पोबाङका सभापति खिमबहादुर बिष्टले बताए।
प्रकाशित मिति : २०७८ जेष्ठ १३ गते बिहिवार


