
१४जेठ,काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ११ हजार २ सय २३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ११ हजार २२३ को मृत्यु भएको हो ।
त्यस्तै २४ घण्टामा विश्वभर ५ लाख २२ हजार ५८३ सयमा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । केही दिनदेखि विश्वभर कोरोना संक्रमण क्रमिक रूपमा घटिरहेको विश्व स्वास्थ्य संगठनको अपडेटले देखाइरहेको छ ।
त्यस्तै, संक्रमणबाट मृत्यु हुनेको संख्या पनि घटिरहेको छ ।
हालसम्म विश्वभर १६ करोड ९५ लाख ९७ हजार ६५१ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १५ करोड १३ लाख १९ हजार १११ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । विश्वभर एकैदिन ७ लाखभन्दा बढी कोरोना संक्रमणमुक्त भएका छन् ।
शुक्रवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार मृत्यु हुनेको संख्या ३५ लाख २३ हजार १७९ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।