आगामी आवमा ९ सय मेगावाट विद्युत् थप्ने लक्ष्य

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा विद्युत जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्‍याउने घोषणा सरकारले गरेको छ ।

आगामी वर्ष ९ सय मेगावाट थप हुने अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए । आगामी आवको बजेट प्रस्तुत गर्दै उनले आगामी वर्ष बंगलादेशमा बिजुली निर्यात सुरु हुने समेत जानकारी दिए ।

आगामी आवबाट प्रसारण लाइन र वितरणमा निजी क्षेत्रलाई सहभागी गराउने घोषणा अर्थमन्त्री पुनले गरेका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस