
१५ जेठ, काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ७१ हजार ७२६ जना कोरोना संक्रमित थपिएका छन् ।
यो संख्या शुक्रबारको तुलनामा ८ हजारले कम हो ।
डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा समय भारतमा कोरोना संक्रमितहरुको संख्या घट्दैछ ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ७७ लाख १९ हजार ४३१ पुगेको छ ।
संक्रमणढ घटे पनि भारतमा मृतको संख्यामा भने कमी आएको छैन ।
पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ५६३ जनाको मृत्यु भएको छ ।
पछिल्लो विवरणअनुसार भारतमा कोरोना कारण मृत्यु हुनेको संख्या ३ लाख २२ हजार ३८४ पुगेको छ ।
प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते शनिवार