खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन

१५जेठ,काठमाडौँ । सरकारले खोप र अक्सिजनको अभाव हुन नदिने प्रतिवद्धता जनाएको छ ।

आगामी आर्थिक वर्षका बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।

सरकारले औषधि खरिदका लागि ५ अर्ब ६० करोड बिनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७८र०७९ को आय व्ययको अनुमानित विवरण ‘बजेट’ प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले सो रकम विनियोजन गरिएको जानकारी दिएका हुन् ।

औषधिको मूल्य र गुणस्तरमा निरन्तर अनुगमन गरिने उनले बताए ।

प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस