१५जेठ,काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६०८० जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ११६ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा परीक्षण १४ हजार ७५२ जनामा कोरोना परीक्षण भएको थियो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ ।

यस्तै मृतकको कुल संख्या ७ हजार १६३ पुगेको छ ।