विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार रुपैयाँ सहुलियत ऋण

१५जेठ,काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा विद्यालय तह वा सोभन्दा माथिल्लो तहका विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ८० हजार रुपैयाँ ऋण उपलब्ध गराउने बताएका छन्।

यस्तो ऋण रकम दुई वर्षभित्र तिर्नुपर्ने उनले उल्लेख गरे। १६ वर्ष भन्दा बढी उमेरका विद्यार्थीलाई एक थान सिमकार्ड निःशुल्क उपलब्ध गराइने पनि उनले बताए।

प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस