विद्यालय तहका कर्मचारीको न्यूनतम तलब १५ हजार

१५ जेठ, काठमाडौँ ।सरकारले विद्यालय तहको न्यूनतम तलब १५ हजार बनाएको छ ।

अर्थमन्त्री विष्णु पौडेले आगमी वर्षको बजेट विनियोजन गर्दै प्रारम्भिव बालविकास केन्द्रका शिक्षिका र विद्यालय तहका कर्मचारीलाई नेपाल सरकाले निर्धारण गरेबमोजिम रु १५ हजार न्यूनतम मासिक तलब उपलब्ध गराउने बताएका हुन् ।

सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिका वृद्धि गरी रु ८ हजार पुर्याएको र न्यूनतम पारिश्रमिकमा कम हुन आउने रकम सम्बन्धित स्थानीय तहले वेहोर्ने व्यवस्था मिलाईएको अर्थमन्त्री पौडेलले बताए ।

प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस