रुन्टीगढी–१ को वडा अध्यक्षमा पराजित विकले गरे विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

१५जेठ, रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्ष पराजित भएका एमाले उम्मेदवार हेमराज विकले गरिव तथा विपन्न परिवारलाई शैक्षिक सामग्री वितरण गरेका छन् ।

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)लेबाट रुन्टीगढी गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा विकले उम्मेदवारी दिएका थिए । तर उनी २२० मत प्राप्त गरी पराजित हुन पुगेका थिए ।

निर्वाचनमा पराजित भएपनि भोजभतेरमा गर्ने खर्चलाई गरिब तथा विपन्न विद्यार्थी कापी, कलम र विद्यालय पोशाक वितरण गरेको उनले बताए । उनले अभिभावक नभएका एक विद्यार्थीलाई एक वर्षसम्म अध्ययन गराउने जिम्ममा समेत लिएका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस