१६जेठ। बुटवल । नेकपा एमालेका लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले आर्थिक वर्ष ०७८र७९ को प्रस्तुत बजेटमा समाजवादको आधार निर्माणको झल्को दिएको बताएका छन्।
कोरोना महामारीबाट पिल्सिरहेका बेला अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले रणनीतिक र दुरगामी महत्व बोकेको बजेट भाषण गरेको उनको भनाइ छ। बजेटमा कम्युनिस्ट पार्टीको सपना समाजवादको आधार निर्माणको गहकिलो र गर्बिलो झल्को दिएको उनले जानकारी दिएका छन्।
एमाले नेता ढकालले बजेटले सिङ्गो नेपाली समुदायको मुहारमा खुशी झल्किएको बताएका छन्। अर्थमन्त्री पौडेलले प्रस्तुत गरेको बजेटले सबै वर्ग, क्षेत्र र समुदायलाई सम्बोधन गरेको उनले बताए।
प्रकाशित मिति : २०७८ जेष्ठ १६ गते आइतवार


