फाइल फाेटाे
१६ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले संसद विघटन गरेर निर्वाचन तोकिसकेको सरकारले पूर्ण बजेट ल्याउनु असंवैधानिक र अप्रजातान्त्रिक भएको बताएको छ ।
बजेट ल्याउनुलाई सरकारको स्वेच्छाचारी शैली भन्दै राष्ट्रिय जनमोर्चाले यसले गणतन्त्र, संविधान, कानुन, प्रजातान्त्रिक विधि र प्रक्रियाको उपहास गरेको टिप्पणी गरेको छ ।
प्रकाशित मिति : २०७८ जेष्ठ १६ गते आइतवार


