लुम्बिनी प्रदेश: राष्ट्रियसभाको उपनिर्वाचन हुदै

१७जेठ,बुटवल । लुम्बिनी प्रदेश अन्तर्गतको राष्ट्रियसभाको उपनिर्वाचन आज हुदै छ।

उपनिर्वाचनमा दुईजनाले उम्मेदवारी दिएका छन्। नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवारी दिएका हुन्।

निर्वाचनका लागि सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ।

दाङको कर्मचारी मिलन केन्द्रमा आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्मका लागि समय निर्धारण गरेको छ।

प्रकाशित मिति : २०७८ जेष्ठ १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस