रौतहटका थप ५ कोरोना संक्रमितको मृत्यु

१७ जेठ, रौतहट । रौतहटमा पछिल्लो २४ घण्टामा ५ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा तीनजना र जिल्ला बाहिर दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

गौरको अस्थायी कोभिड अस्पतालमा बौधीमाई नगरपालिका–३ की ३२ वर्षीया, राजपुर–६ की ३२ वर्षीय महिला र चन्द्रपुर–१० का ५२ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्गाभगवती गाँउपालिका–३ का ५५ वर्षीय पुरुषको काठमाडौं र मौलापुर नगरपालिका–६ का ४१ वर्षीय पुरुषको वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारण हालसम्म रौतहटका ९९ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस