
१८जेठ,काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले पहिलो वरियताका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित चार जना नेतालाई पार्टीबाट निस्कासन गरेको घोषणा गरेको छ।
जसपाको उपेन्द्र यादव पक्षको सोमबार बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय लक्ष्मणलाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निस्कासन गरेको घोषणा गरेको हो।
प्रकाशित मिति : २०७८ जेष्ठ १८ गते मङ्गलवार