विपन्नलाई बाख्रा र बंगुर वितरण

१८ जेठ, रोल्पा। रोल्पाको त्रिवेणी गाउँपालिकाका विपन्न परिवारलाई बाख्रा र बंगुर वितरण गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र रोल्पाले गरिबी निवारण गरी आयस्तरमा वृद्धि गराउने उदेश्यले विपन्न परिवालाई बाख्रा तथा बंगुर वितरण गरेको हो ।

त्रिवेणी गाउँपालिका १० घर किसानलाई लक्षित समुदाय विशेष कार्यक्रम अन्र्तगत प्रति किसान ३/३ वटाका दरले उन्नत जातका बाख्रा र बंगुर वितरण गरीएको विज्ञ केन्द्रका प्रमुख डा. शंकर न्यौपानले बताए।

यस वर्ष जिल्लाभर ४० घर विपन्न परिवारलाई २० लाख बराबरको बाख्रा र बंगुर वितरण गर्ने कार्यक्रम रहेको विज्ञ केन्द्रले जनाएको छ ।

जिल्लामा पछिल्नो समयमा उत्पादित खसिबोका र बंगुरको माग देशब्यापी भएको र यसबाट किसानले राम्रो आयआर्जन गर्दै आएकाले गरिब तथा विपन्नको आयस्तर उकास्न सहयोग पुग्ने भएकाले उन्नत जातका बाख्रा र बंगुर वितरण गरिएको विज्ञ केन्द्रले जनाएको छ ।

विपन्न परिवारलाई बाख्रा र बंगुर हस्तान्तरण गर्दै त्रिवेणी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष कविराज बुढाले अनुदानमा पाएको बाख्रा र बंगुरको राम्रोसँग पालेर यसबाट वर्षेनि राम्रो आम्दानी गर्न किसानलाई सुझाव दिए।

प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस