
२०जेठ, कैलाली । कैलालीमा जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशाशन कार्यालय कैलालीले जेठ ३१ गते सम्मका लागि निषेधाज्ञा लम्ब्याएको हो ।
निषेधाज्ञा अवधिमा साताको चार दिन आइतबार, मंगलबार, बिहीबार र शनिबार बिहान ६ देखि १० बजेसम्म खाद्यान्न, तरकारी, दुग्ध डेरी, मासु पसल खोल्न पाइने छ ।
यस्तै बैंक, बिमा लगायत वित्तीय सेवा भने बिहान ७ देखि ११ बजेसम्म ५० प्रतिशतमात्र कर्मचारी राखेर सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।
कैलालीमा निषेधाज्ञा थपिएको यो पाँचौं पटक हो ।
प्रकाशित मिति : २०७८ जेष्ठ २० गते बिहिवार