राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त

२० जेठ, पोखरा । गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन्।

थापालाई दलबाट निष्कासन गरेको जानकारी राष्ट्रिय जनमोर्चाले बिहीबार नै प्रदेशसभा सचिवालयमा गराएको थियो।

सभामुख नेत्रनाथ अधिकारीले बिहीबार नै १ बजे सुरु भएको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिँदै उनको ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त रहेको बताए ।

थापाले पार्टी नीति विपरीत सरकारलाई साथ दिने बताएपछि जनमोर्चाले साधारण सदस्य समेत नरहने गरी यसअघि नै निलम्बन गरेको थियो ।

६० सदस्यीय गण्डकी प्रदेशसभा थापा पदमुक्त भएपछि ५९ सदस्यीय भएको छ । प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका ३ जना सांसद रहेकामा अब २ जनामात्र रहने भएका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस