नेप्सेमा २९.५५ अंकको वृद्धि

२०जेठ,काठमाडौँ। शेयर बजारमा आज नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले बढेर बजारमा नयाँ रेकर्ड कायम भएको हो ।

आज २९ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ७७ अंकमा पुगेको छ । गत आइतबार नेप्से परिसूचक २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।

आज कायम भएको नेप्से परिसूचक हालसम्मै उच्च विन्दुमा पुगेको हो । बिहीबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेर १७ अर्ब रुपैयाँको हाराहारीमा भएको छ ।

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने चार वटामा रातो पोतिएको छ।

प्रकाशित मिति : २०७८ जेष्ठ २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस