प्यूठानमा ४८ जना कोरोना संक्रमित थपिए

प्यूठान । प्यूठानमा पछिल्लो २४ घण्टामा ४८ जना कोरोना संक्रमित थपिएका छन् । भने ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय प्यूठानले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार २६ जना निको भएका छन् । प्यूठानमा अब सक्रिय संक्रमितको संख्या ३०४ रहेको छ ।

प्यूठानमा अहिलेसम्म २७४४ जना संक्रमित भइसकेका छन् जसमध्य २३८७ जना निको भएका छन् भने ५४ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : २०७८ जेष्ठ २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस