
रोल्पा । रोल्पामा पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ९३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा रोल्पामा एक जना कोरोना भाइरस संक्रमितको निधन भएको छ ।
कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भए यता रोल्पामा हालसम्म १७ जनाको निधन भएको छ।
जिल्ला प्रसाशन कार्यालय रोल्पाको तथ्यांक अनुसार अहिले सम्म ६ सय ३२ जनाले कोरोना जितेका छन् ।
प्रकाशित मिति : २०७८ जेष्ठ २२ गते शनिवार