बुल्गेरियामाथि फ्रान्सकाे सहज जित

२६जेठ,काठमाडाैँ । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बुल्गेरियामाथि फ्रान्सले सहज जित निकालेको छ।

मंगलबार राति भएको मैत्रीपूर्णमा फ्रान्सले बुल्गेरियालाई ३-० गोल अन्तरले हराउदै सहज जित निकालेको हो।

फ्रान्सलाई जित दिलाउन ओलिभर जिरौडले दुई गोल र एन्टोनियो ग्रीजम्यानले एक गोल गरे।

युरोकप फुटबलको तयारीको लागि फ्रान्सले मैत्रीपूर्ण खेल खेलेको हो। युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ।

प्रकाशित मिति : २०७८ जेष्ठ २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस