सुनको मूल्य आज बढ्यो

२६ जेठ,काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

मंगलबार प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १०० रूपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९३ हजार ७०० रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य भने आज घटेको छ । चाँदीको मूल्य आज प्रतितोला ५ रूपैयाँले घटेर १३ सय ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस