रोल्पामा ५० जना कोरोना संक्रमित थपिए

फाइल फाेटाे

२६जेठ,रोल्पा । रोल्पामा पछिल्लो २४ घण्टामा ५० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

योसँगै जिल्लामा संक्रिय संक्रमितको संख्या ७४९ जना रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १६२ जनाले कोरोना जितेका छन् ।

योसँगै कोरोना जित्नेको संख्या ९३३ पुगेको जिल्ला प्रशासन कार्यालय रोल्पाको तथ्यांकमा उल्लेख छ ।

रोल्पामा हालसम्म कोरोना भाइरस संक्रमणका कारण १७ जनाले ज्यान गुमाएका छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस