२६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन आगामी भदौमै हुने बताएका छन्।
उनले बुधबार वक्तव्य जारी गर्दै महाधिवेशन गर्न आफू पूर्ण प्रतिवद्ध रहेको भन्दै भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।
कांग्रेसमा आउँदो भदौमा तोकिएको महाधिवेशन हुने कि नहुने भन्ने अन्योल भइरहेका बेला देउवाले जसरी पनि महाधिवेशन गर्ने प्रतिवद्धता जनाएका हुन्।
सभापति देउवाले पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषयमात्र नभएर यो पार्टीको जिवन्तताका लागि महायज्ञ भएको कुरा आफूले राम्रोसँग बुझेको वक्तव्यमा उल्लेख गरेका छन्।
प्रकाशित मिति : २०७८ जेष्ठ २६ गते बुधवार


