अर्घाखाँचीमा गाडी दुर्घटना हुँदा चालकको मृत्यु

२७जेठ, अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा बिहीबार बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा परि भूमिकास्थान—९ तारिकेका ३० वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको हो।

भूमिकास्थानको ढिकुराबाट डिर्भनातर्फ जाँदै गरेको लु१च ६१६८ नम्बरको जीप भूमिकास्थान-९ तारिकेमा दुर्घटना हुँदा चालक नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

खाद्यान्न बोक्ने उक्त गाडी सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस