२७जेठ, रोल्पा । नेपाल पत्रकार महासंघ रोल्पाले महासंघको शुद्धीकरण एवम नयाँ सदस्यता प्रदानको विषयमा संगठनका प्रमुख तथा पूर्व अध्यक्षहरुसँग छलफल गरेको छ ।
छलफलमा केन्द्रीय सर्कुलर र विधानमा उल्लेख भए अनुसार नियममा रहेर पुरानो सदस्यता नविकरण र नयाँ सदस्यता प्रदान गर्न महासंघलाई संगठनका प्रमुखहरुले सुझाव दिएका छन् ।
नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको शुद्धीकरण मापदण्ड अनुसार जिल्ला शाखा रोल्पाले निष्पक्ष सुद्धिकरणमा संगठनहरुले सहयोग गर्ने ऐक्यबद्धता समेत जनाएका छन् ।
पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचन मगरले शुद्धीकरण मापदण्ड अनुसार जिल्ला शुद्धीकरण लगायत नयाँ सदस्यता वितरण गर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगरको अध्यक्षतामा भएको छलफलमा पत्रकार महासंघ रोल्पाका निर्वतमान अध्यक्ष महेश न्यौपाने, प्रेस चौतारी रोल्पाका अध्यक्ष तिलक जिएम, प्रेस सेन्टर रोल्पाकी अध्यक्ष देवि गुरुङ, प्रेस युनियन रोल्पाकी सचिव उमा बस्नेत लगाएको सहभागिता रहेको थियो ।