सुलिचौरमा साहित्यिक संस्था गठन

२७जेठ, सुलिचौर । सुनिलस्मृति गाउँपालिका स्थित सुलिचौरमा भएको साहित्यकारहरुको उपस्थितिमा रचना वाचन तथा साहित्यिक संस्था गठन कार्यक्रम सम्पन्न भएको छ ।

साहित्यकार तथा माण्डवी महाकाव्यका लेखक खेमराज शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रम तथा भेलाले ‘साझा साहित्य समाज’ नामको साहित्यिक संस्था गठन गरेको हो ।

भेलाले २ जना पछि थप्ने गरी १३ सदस्यीय कार्यसमिति गठन गरेको छ । साहित्य समाजको अध्यक्षमा दीपेश परार्इ विष्ट, उपाध्यक्षमा रेशम संगीत पुन, महासचिवमा देवराज संयोग घर्ती, सचिवमा श्याम लेकाली र कोषाध्यक्षमा दाना के.सी.लाई चयन गरेको छ।

यसैगरी सदस्यहरुमा क्रमशः एल.वी. महरा, सुन्दर अनुराग घर्ती, युवराज दर्पण, सम्फा घर्ती, प्रदीप पुन र के.वी. अलपत्र रहेको छ भने सल्लाहकारमा खेमराज शर्मा, भुपनारायण घर्तीमगर, घनश्याम अस्तित्व, भगवती बुढामगर र प्रेमप्रकश मायालु रहेका छन् ।

कार्यक्रममा सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकी, लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरतकुमार थापा, सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनमगर लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सहभागी सम्पूर्ण वक्ताहरुले संस्थालाई आ-आफ्नो तह र तप्काबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै गणतन्त्रको रक्षा र विकासमा साहित्यकारहरुले अहम् भूमिका खेल्नुपर्ने बताएका थिए ।

देवराज संयोगको सञ्चालनमा भएको कार्यक्रममा सहभागीलाई दीपेश पराइ विष्टले स्वागत गरेका थिए । भने श्याम लेकालीले संस्थाको कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस