काँग्रेस पदाधिकारी बैठक आज बस्दै

२९ जेठ, काठमाडौं । नेपाली काँग्रेस पदाधिकारी बैठक आज दिउँसो २ बजे बुढानीकण्ठमा बस्दैछ । बैठकमा आसन्न महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ ।

संवैधानिक व्यवस्था अनुसार आगामी भदौसम्ममा पार्टीको १४औं महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने अवस्था भए पनि कोरोना महामारीका कारण कार्यतालिका प्रभावित हुने भएपछि सोही विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको नेपाली काँग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस