प्युठानमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

२९ जेठ, प्यूठान । प्यूठानमा एक सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

वनभोज खान जाने क्रममा कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको घ १ झ ५ नम्बरको कार मल्लरानी गाउँपालिका–४ मल्लरानी नजिकै दुर्घटना हुँदा दाङ तुल्सीपुर उपमहानगरपालिका–४ का प्रकाश आचार्यको मृत्यु भएको हो ।

खलंगाबाट मल्लरानीमा वनभोज खान सरकारी कर्मचारीहरूलाई ओसारपसार गर्दा कार दुर्घटनामा परेको प्रहरीको भनाइ छ । कार कच्ची सडकबाट चिप्लिएर ७० मिटर तल खसेर पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले बताए ।

दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०७८ जेष्ठ २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस