सुनको मूल्य घट्यो

३०जेठ, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

साताको पहिलो दिन आज शुक्रबारको तुलनामा सुन तोलामा ६०० रुपैयाँ घटेकोको छ । ।

नयाँ मूल्य अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४०० रुपैयाँ कायम भएको छ ।

शुक्रबार छापावाल सुन ९४ हजार ५०० रुपैयाँ कायम भएको थियो भने तेजावी सुन ९४ हजार रुपैयाँ तोलामा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलामा १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस