गण्डकीमा प्रतिगमनको मतियारलाई हटाउन सफल भयौँ  : राष्ट्रिय जनमोर्चा

३० जेठ, काठमाडौँ । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारलाई हटाउन विपक्षी गठबन्धन सफल भएकोमा खुशी व्यक्त गरेको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ती जारी गर्दै गण्डकी प्रदेशमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनको मतियार सरकारलाई हटाउन विपक्षी गठबन्धन सफल भएको टिप्पणी गरेका हुन् ।

अध्यक्ष केसीले संसद भंग गरी मध्यावधि चुनाव गराउने षडयन्त्रलाई पनि गठबन्धनले विफल बनाएको दाबी गरेका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस