
३१जेठ,काठमाडौँ । कोपा अमेरिका फुटबलमा ब्राजिलले ब्राजिलले शानदार सुरुवात गरेको छ ।
आइतबार राति भएको उद्घाटन खेलमा भेनेजुएलालाई ३–० गोलले पराजित गर्दै ब्राजिलले विजयी सुरुवात गरेको हो ।
स्टाडियो नेसनल डी ब्रासिलियामा ब्राजिललाई जित दिलाउन मार्क्विन्होस, नेयमार र गार्बियल बर्बोसाले एक—एक गोल गरे ।
जितसँगै समूह ‘बी’ मा रहेको ब्राजिल ३ अंकसहित समूहको शीर्ष स्थानमा छ ।
प्रकाशित मिति : २०७८ जेष्ठ ३१ गते सोमवार