पाकिस्तानमा भारी वर्षासँगै आएको हुरीका कारण १० को मृत्यु

३१जेठ,काठमाडौँ । पाकिस्तानको विभिन्न क्षेत्रमा भारी वर्षा र बतासको कारण कम्तिमा १० व्यक्तिको ज्यान गएको छ।

पख्तुनख्वाको प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरण (पीडीएमए) का अनुसार खराब मौसमका कारण खैबर पख्तूनख्वामा पाँच, बलूचिस्तानमा तीन र दुई जनाको पञ्जाबमा मृत्यु भएको छ, भने अन्य छ जना घाइते भएका छन्।

मृतकमध्ये चार जना मानसेहरा एक तोरगढ जिल्लाका थिए। यसैबीच, बलूचिस्तानको कोहलु जिल्लाका विभिन्न भागमा बिजुली चल्दा एक महिलासहित तीन व्यक्तिको मृत्यु भएको जियो न्यूजले जनाएको छ।

बलूचिस्तानको बरखान जिल्लामा भारी वर्षाका कारण स्थानीय खोलामा बाढी आएको छ र ग्रामीण क्षेत्रको साथ सहरसँगको सम्बन्ध टुटेको छ। हुरीले सडक वरपरका रूख ढाल्नुका साथै सहरका साइनबोर्डहरू उडाइदिएको छ।

पाकिस्तानी राज्य खैबर पख्तूनख्वाका मुख्यमन्त्री मोहमद् खानले बर्षाका कारण जनधनको क्षति भएकोमा दुख व्यक्त गरेका छन्। उनले बर्षाका कारण विभिन्न स्थानमा डुबानहरू भएको र उनीहरूको उद्धार गरी पिडितलाई सम्बन्धित जिल्ला प्रशासनमार्फत् राहत दिइने खानले बताएका छन्। विएल नेपाली सेवा

प्रकाशित मिति : २०७८ जेष्ठ ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस