काठमाडौं उपत्यकामा ६०७ जना कोरोना संक्रमित थपिए

फाइल फाेटाे

३१ जेठ, काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३९६ जना, भक्तपुरमा ६६ जना र ललितपुरमा १४५ जना कोरोना संक्रमित भेटिएका छन् ।

सोमबार देशभर थप २९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ५३ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस