३१जेठ,पोबाङ । सुनछहरी गाउँपालिकाले कक्षा ८ को वार्षिक परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

कक्षा ८को परीक्षा गाउँपालिका स्तरीय कक्षा ८ हुने व्यवस्था भएकाले गाउँपालिकाले आज नतिजा प्रकाशित गरेको हो ।

गाउँपालिका स्तरीय कक्षा ८ परिक्षा समितिको जेठ ३० गते बसेको बैठकको निर्णय अनुसार शैक्षिकसत्र २०७७ को आधारभूत तह कक्षा ८ को परिक्षाको नतिजा अक्षराङकन पद्धतिको मापदण्ड र निर्देशन अनुसार प्रकाशन गरिएको गाउँपालिका शिक्षा शाखाका शिक्षा प्राविधिक शान्ता शर्माले बताइन्।

साथै कक्षा ९ मा भर्ना हुनका लागि सैद्धान्तिक र प्रयोगात्मक गरी सबै विषयमा डी पल्स ल्याउने विद्यार्थीले मात्र भर्ना हुन पाउने र विद्यार्थीहरुले आफ्नो नतिजा हेर्नको लागि सम्बन्धित विद्यालयमा सम्पर्क गर्न सकिने परिक्षा समिति सदस्य रेगबहादुर पुनले बताए।

कोरोना भाइरसको कारण आन्तरिक मूल्यांकनबाट विद्यालयले पठाएको नतिजाको आधारमा गाउँपालिकाले नतिजा प्रकाशित गरेको परिक्षा समिति सदस्य पुनले जानकारी दिए।

साथै कक्षा १ देखि ७ र कक्षा ९ को गाउँपालिका अन्तर्गतका विद्यालयहरुले नतिजा प्रकाशित गरिसकेका छन् ।

गाउँपालिकाले नयाँ शैक्षिक सत्र २०७८ को भर्ना असार एक गते देखि सुरु हुने बताएको छ ।