सुनछहरी गाउँपालिकाद्वारा भूम्या पर्वको अवसरमा सार्वजनिक विदा

फाइल फाेटाे

३१जेठ,रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकाले भूम्या पर्वको अवसरमा असार एक गते सार्वजनिक विदा दिने निर्णय गरेको छ।

मगर समुदायले मनाउने भूम्या पर्वको अवसरमा गाउँपालिका अन्तर्गतका सबै निकायहरुसार्वजनिक विदा दिर्ने निर्यण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले जानकारी दिए ।

कोरोना महामारीका कारण यस वर्ष भूम्या मेला नहुँने गाउँपालिका अध्यक्ष आशबहादुर पुनले बताएका छन् ।

भूम्या मगर समुदायको ठूलो पर्व हो । एक महिनासम्म मनाइने यो पर्व कोरोना भाइरसका कारण पछिल्लो समय मनाइएको छैन ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस