दाङमा असार ८ सम्म निषेधाज्ञा लम्ब्याइयो

१असार, दाङ । दाङमा केही खुकुलो गरी यही असार ८ गतेसम्म निषेधाज्ञा थपिएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङका अनुसार अब होटेल पनि खोल्न पाइनेछ । होटेलले प्याकिङ खानेकुरा तयार गरेर बिक्री गर्न पाउने भएका हुन् ।

त्यस्तै, सरकारी कार्यालय दैनिक बिहान १० देखि दिउँसो २ बजेसम्म खोल्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय दाङले बताएको छ ।

बिहान ६ देखि १० बजेसम्म बजार , बैंक तथा वित्तीय संस्थाहरु बिहान १० देखि दिउँसो २ बजेसम्म खुल्ने निर्णयलाई यथावत् राखिएको छ ।

प्रकाशित मिति : २०७८ असार १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस