
१असार, काठमाडौं । गण्डकी प्रदेश सरकारले कमजोर आर्थिक अवस्था भएका क्यान्सर, अल्जाइमर, मुटुरोग, मिर्गौला लगायतका गम्भीर विरामीको उपचारका लागि मासिक चार हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।
त्यसैगरी प्रदेश अस्पतालमा ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई निशुल्क उपचार गराउने घोषणा गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेका हुन ।
त्यस्तै प्रदेशभरका जिल्ला अस्पताललाई ५० शैय्या र धौलागिरी अस्पताललाई २ सय शैय्या हुने गरी स्तरोन्नति गरिने पोखरेलले बताए । बजेट वक्तव्यमा उनले स्वास्थ्य स्वयम् सेविकालाई वार्षिक ६ हजार प्रोत्साहन भत्ता उपल्व्ध गराउने घोषणा गरेका छन् ।
प्रकाशित मिति : २०७८ असार १ गते मङ्गलवार