
१असार, रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेश गौरवको आयोजना रहेको बुटवलको लुम्बिनी प्रादेशिक अस्पताललाई २५ करोड रकम विनियोजन गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई उच्च विशिष्टीकृत सुविधासहितको अस्पताल बनाउन २५ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन् ।
बजेट सार्वजनिक गर्दै उनले डीपीआर सकिइसकेको अस्पताललाई आगामी आर्थिक वर्षमा निर्माणको काम शुरु गर्ने बताए ।
राप्ती प्रादेशिक अस्पताल दाङको डीपीआरको कामका लागि पनि बजेट विनियोजन गरेको उनले बताए ।
यस्तै जिल्लास्तरका सरकारी अस्पतालमा अक्सिजन प्लान्ट बनाउने, कोभिड विरामीको निःशुल्क उपचार गर्ने र स्तरीकरण गर्ने उनले बताए ।
प्रकाशित मिति : २०७८ असार १ गते मङ्गलवार