१असार,काठमाडौँ । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले मंगलबार उक्त बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन्।
कुल विनियोजनमा चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख (४३ दशमलव ६ प्रतिशत), पुँजीगततर्फ १५ अर्ब ५ करोड ३५ लाख (४६ दशमलव ३ प्रतिशत) र स्थानीय तहतर्फको वित्तीय हस्तान्तरणका लागि ३ अर्ब २२ करोड ४२ लाख (१० प्रतिशत) विनियोजन गरिएको हो।
त्यसैगरी वित्तीय व्यवस्था तर्फ ३ करोड विनियोजन गरिएको छ।
उल्लेखित खर्चका लागि स्रोत जुटाउन सरकारले आन्तरिक स्रोतबाट ४ अर्ब ९ करोड ७७ लाख र राजश्व बाँडफाँटबाट ९ अर्ब ८१ करोड ६६ लाख प्राप्त हुने अनुमान प्रस्तुत गरेको हो।
प्रकाशित मिति : २०७८ असार १ गते मङ्गलवार


