१असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७४५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४ हजार १८७ संक्रमणमुक्त भएका छन् भने ४१ जना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा ७ हजार ४४९ पीसीआर र ५ हजार ८४१ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ६८१ जनाको पिसिआर र १ हजार ६४ जनाको एन्टीजेनमा कोरोना पुष्टि भएको हो।

हालसम्म नेपालमा ३२ लाख ३१ हजार ६१२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ।