बागमतीमा ५७ अर्ब ७२ करोडको बजेट

१असार, काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँक बजेट ल्याएको छ।

बागमतीले चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार रुपैयाँ विनियोजन गरेको छ भने पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार विनियोजन गरिएको बागमतीका आर्थिक मामिला मन्त्री कैलाप्रसाद ढुंगेलले सार्वजनिक गरेको बजेट वक्तव्यमा उल्लेख छ।

प्रकाशित मिति : २०७८ असार १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस