
२असार, काठमाडौं । सिन्धुपाल्चोकको पश्चिमउत्तर क्षेत्रमा भीषण बाढी आएको छ ।
बाढीका कारण उत्तरी सिन्धुपाल्चोका मेलम्ची तटीय बजारका केही भाग बगरमा परिणत भएको छ ।
चनौटे, ग्याल्थुम सेरालगायत मेलम्ची तटीय क्षेत्र र इन्द्रावती तटीय क्षेत्रमा व्यापक क्षती पुगेको स्थानीयले बताएका छन् ।
मेलम्ची नवलपुर जोड्ने पक्की पुल समेत इन्द्रावती नदीले बगाएको छ ।
“आमा ह्याल्मो बसपार्क, साना टहराहरू, झोलुङ्गे पुल लगायतका संरचनाहरू पूर्णरूपमा ध्वस्त भएका छन् ।
अहिले मेलम्ची नदी थनिएको समेत स्थानीयबासीले बताएका छन् । अहिले इन्द्रावती नदीले मात्रै विध्वंश मच्चाइरहेको छ ।
प्रकाशित मिति : २०७८ असार २ गते बुधवार