
सांकेतिक तस्विर
२ असार, पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिका–४ मन्छिपमा मङ्गलबार पहिरोले पुरिएर एक किशोरको मृत्यु भएको छ ।
स्थानीयवासी महेन्द्र भट्टराई क्षेत्रीको घर माथिबाट आएको पहिराले घर पुरिँदा उनका १९ वर्षीय छोरा मदन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरी चौकी हार्थोक र स्थानीयवासीले उद्धार गरी उपचारका लागि पाल्पा अस्पताल पठाएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।
प्रकाशित मिति : २०७८ असार २ गते बुधवार