जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

२असार,स्याङ्जा । स्याङ्जामा जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ, भने ६ जना घाइते भएका छन्।

मृत्यु हुनेमा भीरकोट नगरपालिका—३ बस्ने ३६ वर्षीय गणेशजंग अधिकारी रहेका छन्।

भीरकोट नगर अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

भीरकोट नगरपालिका–४, दर्बुङठाटीस्थित भित्री कच्ची सडक खण्डमा बानेथोकबाट बयारघारीतर्फ जाँदै गरेको ग १ ज ४९४० नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको हो।

घाइते हुनेहरूमा जिप चालक विकास थापा, रेशम परियार, प्रतिमा परियार, रूकबहादुर परियार, सोनी श्रेष्ठ र दिनेश परियार छन्।

जिप सडकबाट ५०० मिटर तल खसेको छ । घाइतेहरूको पोखरामा थप उपचार भइरहेको छ।

प्रकाशित मिति : २०७८ असार २ गते बुधवार
प्रतिक्रिया दिनुहोस